काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आसन्न निर्वाचनलाई लक्षित गर्दै बिहीबार काठमाडौं महानगरपालिका–१४ खड्का गाउँ क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोको क्रममा स्थानीयवासीले अर्याललाई फूलमालासहित स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीकी कोषाध्यक्ष तथा समानुपातिक उम्मेदवार लिमा अधिकारीको पनि सहभागिता रहेको थियो ।
वडा नम्बर १४ को माउते दोबाटोबाट सुरु भएको घरदैलो कार्यक्रम रञ्जीत कोलोनी, एलआरआई स्कूल, गुणकेशरी क्लब, सुनाखरी टोल, भलुभैरव मन्दिर, खड्का गाउँ, मालिकानगर आर्किड कोलोनी, न्यू डायमण्ड चोक, गणेशस्थान, पाण्डेगाउँ, पिपलबोट, हिमशिखर स्कूल, खत्रीको डिल, देउला टोल हुँदै खड्का गाउँ दोबाटोबाट थापागाउँमा पुगेर सम्पन्न भएको थियो।
घरदैलोका क्रममा मतदातासँग संवाद गर्दै उपसभापति अर्यालले निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई राजनीतिक संस्कृतिको रूपान्तरण, इमानदार नेतृत्व स्थापना तथा परिणाममुखी शासन प्रणाली निर्माणको अवसर भएको बताए । उनले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर विकासको स्पष्ट कार्ययोजना अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा उपसभापति अर्यालकी पत्नी अम्बिका अर्यालको समेत सहभागिता रहेको थियो।












प्रतिक्रिया