मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

अमेरिकाका सांसद्ले भने– ‘नेपाल र बङ्गलादेशमा अमेरिकी संलग्नताका लागि नयाँ अवसर’

अमेरिकाका सांसद्ले भने– ‘नेपाल र बङ्गलादेशमा अमेरिकी संलग्नताका लागि नयाँ अवसर’


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको कांग्रेसका दक्षिण तथा मध्य एसिया उपसमिति अध्यक्ष विल हुइन्जेन्गाले नेपाल र बंगलादेश राजनीतिक रुपान्तरणको प्रक्रियामा रहेको हुँदा यसले दक्षिण एसियामा अमेरिकाको संलग्नताको लागि नयाँ अवसरहरु प्रदान गरेको बताएका छन् ।

कंग्रेसमा बुधबार दक्षिण एसियामा अमेरिकी विदेश नीतिसम्बन्धी सुनुवाइको सुरूमा उनले उक्त धारणा व्यक्त गरेका हुन् । विल सत्तारुढ रिपब्लिकन पार्टीका कांग्रेस सदस्य (सांसद्) हुन् ।

Advertisement

‘हालै भएका जनआन्दोलनपछि बंगलादेश र नेपालमा हुने निर्वाचनले दक्षिण एसियामा अमेरिकाको संलग्नताको लागि नयाँ अवसरहरु प्रदान गर्छ’ कंग्रेसमा उनले भने । बंगलादेशमा सन् २०२४ मा जनताले त्यहांको सरकारलाई अपदस्थ गरेका थिए । नेपालमा पनि गत भदौमा युवाहरुले सत्तावदी सरकारलाई हटाएका थिए । बंगलादेशमा बुधबार निर्वाचन सम्पन्न भयो । र, त्यहाँ मतपरिणाम आउन थालेको छ । नेपालमा झण्डै ३ सातापछि चुनाव हुँदैछ । चुनावमा पहिलेभन्दा बढी युवाहरुले जित्ने अनुमान गरिएको छ ।

‘सत्तावादी सरकारलाईलाई अपदस्त गरी लोकतान्त्रिक प्रक्रियाबाट चुनाव हुन लागेका यी दुवै घटनाहरुले दक्षिण एसियामा अमेरिकाको संलग्नताका लागि नयाँ अध्यायको सुरूआत भएको छ र यी सरकारहरुसँग अमेरिकी सम्बन्ध नयाँ ढङ्गबाट परिभाषित गर्ने अवसर प्रदान गरेका छन्’, उनले भने ।

दक्षिण तथा मध्य एसियालाई गतिशील क्षेत्रको रुपमा व्याख्या गर्दै मेसिगनवाट प्रतिनिधित्व गर्ने विलले भने त्यस क्षेत्रमा बढ्दो युवा जनसंख्या चीनको सत्तावादी विकल्पभन्दा पश्चिमी संस्कृति र मूल्यतर्फ बढी आकर्षित हुने गरेको छ ।

उनले त्यस क्षेत्र करिब दुई अर्ब जनसंख्याको बासस्थान, गतिशील अथर्तन्त्र र इण्डा प्यासेफिक क्षेत्रमा शक्ति सन्तुलन निर्धारण गर्न रणनीतिक जलमार्गको केन्द्र भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजार खुला गर्ने र अमेरिकी हितलाई अगाडि बढाउने सम्झौताहरु सफलतापूर्वक वार्ता गरेको पनि उनले उल्लेख गरे ।्

‘अब हामी कसरी संलग्न हुन्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ र हामीले गर्ने संलग्नताले आउँदो दशकौँसम्म एसियामा अमेरिकाको भूमिका परिभाषित गर्ने छ’ विलले भने ।

चीनका वारेमा टिप्पणी गर्दै विलले भने, ‘चीनले आफ्ना सुरक्षा हित अघि बढाउन शोषणकारी ऋण नीति अपनाउने र साना राष्ट्रहरुलाई ऋणको जालमा फसाउने गरेको तथा भारत, नेपाल र भुटानसंगका सीमाहरु सृदृढ बनाएको छ ।’

‘हामीबाट टाढा रहे पनि स्वतन्त्र र खुला हिन्द महासागर कायम राख्नु हाम्रो राष्ट्रिय तथा आर्थिक सुरक्षाको प्रमुख प्राथमिकता हो’, उनले भने । उनका अनुसार हिन्द महासागर विश्वकै सबैभन्दा व्यस्त समुन्द्री मार्गहरुमध्ये एक हो, जसले विश्वव्यापी ब्यापार र उर्जाको जीवनरेखा बोकेको छ । यसमा विश्वको समुन्द्री मार्गमार्फत हुने तेल ब्यापारको ८० प्रतिशतभन्दा बढी हिस्सा छ ।

‘साझेदार र सहयोगी राष्ट्रहरुसँग नौसैनिक सहकार्य सुदृढ गर्दै यी समुन्द्री मार्गहरुको सुरक्षा गर्नुले चीनको बढ्दो प्रभावलाई प्रतिकार गर्ने र त्यस क्षेत्रभित्रको उसको हानिकारक व्यवहार सीमित गर्ने काम गर्ने छ’, उनले भने । उनले भारतसंग अमेरिकाले अझ आर्थिक र सुरक्षा सम्बन्ध सुदृढ गर्ने पनि बताए ।

अमेरिकाको वरिष्ठ सैनिक अधिकारी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ रिपब्लिकन पार्टीका सांसद् विलले यस्तो भनाइ राखेका हुन् । अमेरिकाले भारतको आँखाबाट नेपाल नीति निर्धारण गर्छ भन्ने परम्परागत सोचलाई पनि उनको भनाइले गलत देखाएको छ ।

शेयर गर्नुहोस:

216
Shares