नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट पुनः सुरू गरेको अभियानका क्रममा बुधबार कावासोती पुगेपछि उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको बताएका हुन् । “विगतमा हामीले सरकार र…