काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताएका छन् । कान्तिपुर सिटी कलेजले आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसेकको उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस…