ग्लोबल नेपाली

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दाबेदारका रूपमा उभिएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो ।

Advertisement

यसअघि संघका सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए । डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको हो ।

महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ। अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुनेछ । निर्वाचन समितिले भने औपचारिक घोषणा सोमबार गर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष बद्री केसीले डा. शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षमा पदमा सहमति भइसकेको छ भने अन्य पदमा पनि सर्वसम्मतिका लागि छलफल जारी छ”, उनले भने ।

एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार भन्दा बढी प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो ।

यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिए । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उनले बताए ।

“मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भने ।

शेयर गर्नुहोस:

2.1k
Shares