भारतीय विद्युतमन्त्रीको दुईदिने नेपाल भ्रमण सम्पन्न

काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको छ । प्रसारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत्…