चितवन– माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको मतपत्र च्यात्ने घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको बताएका छन् । पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनका बेला भरतपुर १९ भएको घटनाबाट शिक्षा लिँदै त्यस्ता घटना दोहोरिन…