मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पद बाँडफाँडमा टुंगो लगाउन ओली र प्रचण्डबीच विशेष वार्ता

पद बाँडफाँडमा टुंगो लगाउन ओली र प्रचण्डबीच विशेष वार्ता


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अज्ञातस्थलमा महत्वपूर्ण वार्ता जारी छ । 
 
माओवादी केन्द्रका नेता दिनानाथ शर्माका अनुसार आइतबारको वार्ताले ओली र प्रचण्डबीचको पद बाँडफाँडमा टुंगो लगाउने सम्भावना छ । 
 
उनी भन्छन्, “लामो समयदेखि अल्झिएको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको विषयमा टुंगो लगाउन ओली र प्रचण्ड गोप्य वार्तामा रहनुभएको हो । वार्ता वार्ता स्थलबारे हामीलाई समेत जानकारी छैन ।” 
 
“आइतबारको बैठकले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको टुङ्गो लगाउने संभावना हामीले देखेका छौँ”– उनले भने । 
 
प्रधानमन्त्री र पार्टी अध्यक्ष पद बाँडफाँडबारे संभवतः आइतबार नै हस्ताक्षरसमेत हुनसक्ने उनले बताए । नेता शर्माले भने दुई पार्टीबीच एकता नै हुने भएपछि मुख्यमन्त्रीको विवाद पनि हट्ने छ । पार्टी नै एकता भइसकेपछि प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्री र सभामुखलगायत पदको विषयमा पार्टी अल्झिँदैन ।”  
 
प्रचण्डका प्रेस सल्लाहकार मनोहरी तिमल्सिनाले पनि ओली र दाहालबीच अज्ञात ठाउँमा वार्ता भइरहेको स्पष्ट पारे । विशेष वार्तामा बस्नुअघि ओली प्रचण्ड निवास खुमलटार पुगेकाले त्यही वार्ता भइरहेको हुनसक्ने स्रोतको भनाइ छ । 

शेयर गर्नुहोस:

0
Shares