चितवन । पूर्वी चितवनको रत्ननगरका महिलाहरुलाई आत्मनिर्भर बनाउन तीनदिने जुत्ता बनाउने तालिम दिइएको छ । रत्ननगर–१ स्थित नवदुर्गा आमा समूहले आयोजना गरेको सो तालिममा ५३ जना महिलाले सहभागिता जनाएका छन् ।
नवदुर्गा आमा समूहकी अध्यक्ष एञ्जीला कुँवरले आफ्नो जन्मदिनको अवसरमा आफ्नै खर्चमा महिलाहरुलाई तालिमको आयोजना गरेकी हुन् ।
महिलाहरुलाई नारी शक्ति समूह काठमाडौंकी अध्यक्ष माला प्रधानसहित सात प्रशिक्षकले तीन दिनसम्म जुत्ता बनाउन सिकाउने आमा समूहकी सचिव संगीता खनालले बताइन् ।
नवदुर्गा आमा समूहकी अध्यक्ष कुँवरको अध्यक्षतामा भएको सो तालिम उद्घाटन कार्यक्रममा वडा नं १ का वडाध्यक्ष शंकरसिं तामाङ, नारी शक्ति समूह काठमाडौंकी अध्यक्ष माला प्रधान, आमा समूहकी सचिव संगीता खनाल, सहसचिव सन्तोषी राई चौधरीलगायतले मन्तव्य राख्दै यस्ता तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए ।
प्रतिक्रिया