चितवन– चितवन क्षेत्र नं १ अन्तर्गत नेपाली काँग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले बिहीबार रत्ननगर ५ झुवानीमा घरदैलो र कोणसभा गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेशसभा(ख)का उम्मेदवार उत्तम आचार्यले जनताको घरदैलोमा पुगेर भोट मागेका हुन् । घरदैलोपछि आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुर्लाकोटीले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरे…