मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हराएको व्यक्ति फेला परेपछि जानकारी नदिँदा प्रहरीलाई समस्या

हराएको व्यक्ति फेला परेपछि जानकारी नदिँदा प्रहरीलाई समस्या


चितवन । जिल्ला प्रहरी कार्यालयमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछि भने जानकारी दिन नआउने गरेको पाइएको छ । 
 
हराएका मानिस परिवारको सम्पर्कमा आएपछि प्रहरीमा जानकारी नदिने गरेका कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको हो । यसले गर्दा प्रहरीमा हराएका मानिसको संख्या बढी देखिने गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा २३३ जना हराएको भनी निवेदन परेको छ । तीमध्ये १८४ जना भेटिएको कार्यालको तथ्याङ्कले देखाएको छ । ३९ जना अझै नभेटिएको प्रहरीको तथ्यांकले देखाउँछ । यद्यपि उनीहरुमध्ये केही परिवारको सम्पर्कमा आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
 
प्रहरीका अनुसार यो अवधिमा बालक १८ जना हराएका थिए भने बालिका ३२ जना, महिला १४२ जना र पुरुष ४१ जना हराएका थिए । जसमध्ये बालक र बालिक १८ जना र ३२ जना नै भेटिएका छन् भने महिला १०५ जना र पुरुष २९ जना भेटिएका छन् । 
 
अघिल्लो आव २०७३/७४ मा बालक ३०, बालिका ६५, महिला २२९, पुरुष ३८ गरि ३६२ जना हराएका थिए । जसमध्ये २७२ जना भेटिएको कार्यालयले जनाएको छ । भेटिनेमा बालक २८, बालिका ५९, महिला १५५, पुरुष ३० जना रहेका छन् । सो आवमा ९० जना हराएको कार्यालयले जनाएको छ । हराउनेमा बालक दुई, बालिका छ, महिला ७४ र पुरुष आठजना रहेका छन् । 
 
कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार जो कोही हराएपछि निवेदन दिने र भेटिएको भन्दै जानकारी नदिने गरेका कारण हराएकाको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटिइसकेपछि प्रहरीलाई खबर गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराउन आफन्तले चासो नदिनु मुख्य समस्या रहेको उनको भनाइ छ । प्रहरीले मानिस हराएको फाइल थन्काइसकेपछि पुनः खोजतलास नगर्दा पनि हराएका मानिसको यकिन तथ्यांक आउन नसकेको हो । 
 
निवेदनमाथि कारबाही भएपछि कारबाहीको जानकारी नहुनु समस्या रहेको आचार्यले बताए । बढी मात्रामा महिला हराउनुले धेरैजसो महिला एउटा घरबाट अर्को घर परिवर्तन गर्ने गरेको र आफन्तले उसलाई चासो नदिएका कारण यस्तो समस्या आउने गरेको उनले बताए । 
 
यो समस्या अहिले वैदेशिक रोजगारमा रहेका पुरुषको घरमा बढी हुने गरेको उहाँले बताउनुभयो । अहिले समाजमा वैदेशिक रोजगारमा लैजाने बहानामा छिमेकी मुलुकमा पु¥याएर बेचबिखनमा पर्ने गरेको पनि उनले बताए । योमात्रै नभएर हराएका कतिपयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत पाइएको उनले बताए ।