चितवन । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण हुँदा पनि पदाधिकारी भने विलासी गाडी खरिदमा लागेको विद्यार्थीको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको हो । …