मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

प्रदेश नं ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग


हेटौँडा । प्रदेश नं ३ को मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए । 
 
विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे ।
 
नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरे । उनले भने– “बालिका बलात्कारजस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”
 
उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह गरे । 
 
राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गरिन् । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।