मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीपीडितको राहतमा अनियमितता भएको भन्दै विरोध

बाढीपीडितको राहतमा अनियमितता भएको भन्दै विरोध


विराटनगर । मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार यहाँ विरोध जनाएका छन् । 
 
बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप स्थानियवासी सानदेव सरवरियाले लगाए । 
 
जहदा गाउँपालिकाका वडाअध्यक्ष यादवले वास्तविक बाढी पीडितहरुलाई राहत रकम नदिएर कमिशनका लागि आफूखुुशी रकम वितरण गरेको भन्दै स्थानीयवासीले अख्तियारमा उजुरीसमेत गरेका छन् । 
 
गत साउनको अन्तिम साता आएको बाढीबाट क्षति भएकाको राहतका लागि नेपाल सरकारले राहत वितरण कार्यक्रम ल्याएको हो । राहत वितरण कार्यमा जनप्रतिनिधिले नै गलत कार्य गर्न थालेपछि कतिपय स्थानमा राहत वितरण अन्यौलमा परेको छ । वास्तविक बाढी पीडितलाई राहत दिनेभन्दा राजनीतिक आस्थाका आधारमा राहत वितरणको तयारी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । 
 
स्थानीय सुुरेन राजवंशीले वडाअध्यक्षले रु १५ हजार राहत दिनका लागि रु १० हजारसम्म कमिशन लिने गरेको गुनासो गरे । सोही ठाउँका कलानन्द ऋषिदेवले बाढीले सबै घरबार बगाउँदासमेत अहिलेसम्म कुनै राहत नपाएको गुनासो व्यक्त गरे । 
 
एक नम्बर वडामा लिएको तथ्यांक अनुुसार बाढीबाट ३६५ घर पूर्णक्षति र ५०२ घर आंशिक क्षति भएको थियो । (फाइल फोटो)