नेपाल

बाघको आक्रमणबाट मनहरीमा एक महिलाको मृत्यु, दुई जना घाइते

बाघको आक्रमणबाट मनहरीमा एक महिलाको मृत्यु, दुई जना घाइते


मकवानपुर । नरभक्षी बाघको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । 
 
सोमबार गाउँमा प्रवेश गरेको बाघको आक्रमणमा परेर मनहरी–७ रमौलीकी ४२ वर्षीय सरस्वती बर्तौलाको मृत्यु भएको हो ।
 
घरनजिकैको बारीमा घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो ।
 
बाघको आक्रमणबाट अन्य दुई जना घाइते भएका छन् । आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।