ओलीको भ्रमणले नेपाल-चीन सम्बन्ध उचाइमा पुगेको विश्वास

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको विश्वास गरिएको छ ।    चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आज सम्पन्न दुई नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताएका छन्…