मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग


काठमाडौँ । भदौ १ गतेदेखि लागु भएको मुलुकी ९फौजदारी० संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । 
 
नेपाल पत्रकार महासङ्घद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । 
 
सो अवसरमा महासङ्घका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लगाउने कानून महासङ्घलाई मान्य नहुने बताउँदै प्रेसप्रति संवेदनशील हुन सरकारसंग आग्रह गरे । 
 
प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्माले देवानी फौजदारी संहिता २०७४ प्रेसलाई नियन्त्रण गर्ने ढङ्गबाट आएको उल्लेख गर्दै यसको संशोधनका लागि दबाब सृजना गर्नुपर्ने बताए । 
 
लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडीले सरकार जहिले पनि नियन्त्रणमूखी हुने हुँदा प्रेस नियन्त्रणमूखी कानूनमान्य नहुने धारणा व्यक्त गरे । 
 
सम्पादक समाजका अध्यक्ष पुरु रिसालले संस्थागत रुपमा एकताबद्घ भएर सबै राजनीतिक दललाई भेटी गरी कानून संशोधनका लागि दबाब दिनुपर्ने बताए । 
 
क्रान्तिकारी पत्रकार सङ्घका महासचिव इन्द्र राउतले सरकारले हालै जारी गरेको कानूनले प्रेसमाथि अंकुश लगाएको आरोप लगाउँदै सिङ्गो प्रेसजगत संवेदनशील भई सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । 
 
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस सोसाइटी नेपालका अध्यक्ष केशवराज अर्याल तथा प्रेस काउन्सिल नेपालकी सदस्य शुभेच्छा विन्दुले प्रेसमैत्री कानूनको निर्माणका लागि सरकारलाई दबाब दिनुपर्ने धारणा व्यक्त गरे ।