मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस र ट्रक ठोकिँदा एकको मृत्यु, ३३ जना घाइते

बस र ट्रक ठोकिँदा एकको मृत्यु, ३३ जना घाइते


चितवन । मुग्लिङ नारायणगढ सडकखण्डको खहरेमा बुधबार दिउँसो बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ३३ जना घाइते भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता शिव शर्मा आचार्यले दिएको जानकारी अनुसार भरतपुर २९ स्थित खहरेमा नारायणगढबाट गोरखा जाँदै गरेको ना ४ ख ७५१३ नम्बरको यात्रुवाहक बस र मुग्लिङबाट आइरहेको लु १ ख ७४०६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । 
 
दुर्घटनामा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजीराम योगीको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको र शव भरतपुर अस्पतालको शवगृहमा रहेको प्रनाउ आचार्यले जानकारी दिए । 
 
घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये गोरखा नगरपालिका १० का ३९ वर्षीय मर्कुस तामाङ र गोरखा तेह्रकिलो २ की १७ वर्षीया सीमा नेपाली र गोरखाकै फुजेल ७ का २२ वर्षीय तुलबहादुर थापाको अवस्था गम्भीर रहेको कलेजले जनाएको छ । 
 
घाइतेहरुमा भरतपुर १९ की ४२ वर्षीया शारदा पोख्रेल, पालुङटार ९ गोरखाकी वर्ष ५० की सानु गुरुङ, पर्सा जानकीटोलका ३५ वर्षीय प्रल्हाद महतो, तनहुँ आँबुखैरेनी ३ का ३६ वर्षीय सुवास थापा, गल्छी २ धादिङका ३५ वर्षीय सुकदेव नेपाली र सोही ठाउँका थर नखुलेका १९ वर्षीय रामको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 
 
यस्तै, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका घाइतेहरुमा गोरखा नगरपालिका २ का ३४ वर्षीय सुरेश थापा मगर, गण्डकी नगरपालिका ४ का ५९ वर्षका हस्तराज भण्डारी, भरतपुर २६ की २० वर्षीया हिरा थापा, १७ वर्षीया शोभा थापा र १५ महिने बालक विजय थापा, गोरखा नगरपालिका ५ का ३४ वषीय जीवन थापा मगर, गोरखा घ्याम्पेसालका २१ वर्षीय सन्तोष सुनार रहेका छन् । 
 
यस्तै,  भरतपुर १८ छतिवनका वर्ष २७ का विजय गुरुङ, तनहुँ ३ बस्ने १७ वर्षकी सुस्मिता थापा, तनहुँ ९ का ५६ वर्षीया नारायणी कुँवर, गोरखा नपा १० की ४० वर्षकी सुपमाया तामाङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 
अन्य घाइतेहरुमा पर्सा जगन्नाथपुर २ का २९ वर्षीय शर्माप्रसाद यादव, सोही ठाउँका वर्ष १८ का महावीर बैठा, वर्ष २७ का चन्द्रदेव बैठा, वर्ष २४ की सेती महतो, भरतपुर १६ का ३१ वर्षीय गणेश कुँवर, वर्ष ७ का सिंगम कुँवर, वर्ष २७ की सुष्मा कुँवर, वर्ष २ का मुन्ना कुँवर रहेको प्रहरीले जनाएको छ । 
 
यस्तै, गोरखाका वर्ष १५ का सागर पौडेल, लक्ष्मीबजारका वर्ष १२ का अनिष कुँवर, गोरखा भीमसेन गाउँपालिका २ का ३३ वर्षीय बीरबहादुर थापा क्षेत्री, शरण गैरे, पिप्ले ४ लमजुङका २१ वर्षीय सुदीप विक र वर्ष १९ की ननिता विक घाइते भएका छन् । 
 
दुर्घटनापश्चात् प्रहरी चौकी जुगेडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो । 

शेयर गर्नुहोस:

0
Shares