नेपाल

प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिएको कार्टुन शेयर गर्ने कर्मचारी पक्राउ

प्रधानमन्त्रीलाई व्यङ्ग्य गरिएको कार्टुन शेयर गर्ने कर्मचारी पक्राउ


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको कार्टुन तथा तस्बिर सेयर गरेर भ्रम फैलाएको आरोपमा एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । काभ्रेका सरकारी कर्मचारी होमनाथ सिग्देललाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरेको जनाएको छ । 
 
महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । उनलाई विद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय ऐनअनुसार मुद्दा चलाइएमा एकलाख जरिबाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ ।
 
प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमा भ्रमपूर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्यमा संलग्न रहेको भन्दै पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम उनलाई कारबाही हुने प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।