मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका १० पानी उद्योगमा शिलबन्दी, मिनरल वाटरमा कोलिफर्म भेटियो

चितवनका १० पानी उद्योगमा शिलबन्दी, मिनरल वाटरमा कोलिफर्म भेटियो


जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरितका १० पानी उद्योग बन्द गरेको छ । 
 
टोलीले १० वटै उद्योगमा शिल लगाएर बन्द गरेको छ । पानी निर्देशिका २०७४ विपरित संचालन भएको भन्दै उद्योगहरुमा शिल लगाएर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए ।
 
पानी निर्देशिकामा पानी उद्योग तथा मिनिरल वाटर कम्पनीहरुले अटोमेटिक मेसिनको प्रयोग गरेर उद्योग संचालन गर्नुपर्ने उल्लेख रहेको छ । त्यसको विपरित संचालनमा रहेको चितवनको खैरहनी, रत्ननगर र भरतपुरमा रहेको उद्योगहरुले हाते प्रविधिबाट पानी भर्ने गरेको उनले बताए ।
 
उद्योगीहरुलाई गत चैतमा नै यस विषयमा जानकारी दिइएको तर पटक–पटक जानकारी दिँदासमेत उद्योगीहरुले बेवास्था गरेकाले उद्योगमा शिल नै लगाएर बन्द गर्नुपरेको खाद्य निरीक्षक तिवारीले बताए ।
 
अनुगमन टोलीले खैरहनीको ओम जल उद्योग, रत्ननगरको ब्रदर्श फुड एण्ड बेभेरेज, भरतपुरको इच्छाकामना इन्डस्ट्री, अप्सरा पानी उद्योग, चितवन पानी उद्योग, लिप्टन सफ्ट ड्रिन्क, युनाइटेड मिनरल, प्रधान मिनिरल, डिसिएम मिनिरल एण्ड बेभेरेज उद्योग बन्द गरेको छ ।
 
चितवनमा रहेका १७ वटा पानी उद्योगहरु मध्ये ३ वटाले मात्रै अटोमेटिक मेसिनको प्रयोग गरेका छन् । जसमध्ये ३ वटा उद्योगले जारमा मात्रै पानी बिक्री गर्ने भएकोले अटोमेटिक मेसिन प्रयोग गर्न अनिवार्य नरहेको जनाइएको छ । त्यस्तै अनुमगन टोलीले रत्ननगर ४ देवौलीमा विनाअनुमति संचालनमा रहेको अक्वा शक्ती नामक पानी उद्योगसमेत बन्द गराएको छ । 
 
उद्योगको संचालकलाई दुई दिनभित्र जिल्ला प्रशासन कार्यालय चितवनमा उपस्थित हुन पत्रसमेत दिइएको छ ।
 
खाद्य निरीक्षक तिवारीको नेतृत्वमा गएको टोलीमा जिल्ला प्रशासन कार्यालयका सुरेश थापा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषाल र पत्रकारहरुको सहभागिता रहेको थियो ।
 
जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले मापदण्ड विपरितका पानी उद्योगहरु बन्द गरेको हो । टोलीले १० वटै उद्योगमा शिल लगाएर बन्द गरेको छ । पानी निर्देशिका २०७४ विपरित संचालन भएको भन्दै उद्योगहरुमा शिल लगाएर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले जानकारी दिए ।
 
पानी निर्देशिकामा पानी उद्योग तथा मिनिरल वाटर कम्पनीहरुले अटोमेटिक मेसिनको प्रयोग गरेर उद्योग संचालन गर्नुपर्ने उल्लेख रहेको छ । त्यसको विपरित संचालनमा रहेको चितवनको खैरहनी, रत्ननगर र भरतपुरको विभिन्न स्थानमा रहेको उद्योगहरुले हाते प्रविधिबाट पानी भर्ने गरेको उनले बताए । उद्योगीहरुलाई गत चैतमा नै यसविषयमा जानकारी दिइएको तर पटक–पटक जानकारी दिँदा समेत उद्योगीहरुले बेवास्था गरेकाले उद्योगमा शिल नै लगाएर बन्द गर्नुपरेको खाद्य निरीक्षक तिवारीले बताए ।
 
अनुगमन टोलीले खैरहनीको ओम जल उद्योग, रत्ननगरको ब्रदर्श फुड एण्ड बेभेरेज, भरतपुरको इच्छाकामना इन्डस्ट्री, अप्सरा पानी उद्योग, चितवन पानी उद्योग, लिप्टन सफ्ट ड्रिन्क, युनाइटेड मिनरल, प्रधान मिनिरल, डिसिएम मिनिरल एण्ड बेभेरेज उद्योग बन्द गरेको छ ।
 
चितवनमा रहेका १७ वटा पानी उद्योगहरु मध्ये ३ वटाले मात्रै अटोमेटिक मेसिनको प्रयोग गरेका छन् । जसमध्ये ३ वटा उद्योगले जारमा मात्रै पानी बिक्री गर्ने भएकोले अटोमेटिक मेसिन प्रयोग गर्न अनिवार्य नरहेको जनाइएको छ । त्यस्तै अनुमगन टोलीले रत्ननगर ४ देवौलीमा विना अनुमति संचालनमा रहेको अक्वा शक्ती नामक पानी उद्योग समेत बन्द गराएको छ । उद्योगको संचालकलाई दुई दिनभित्र जिल्ला प्रशासन कार्यालय चितवनमा उपस्थित हुन पत्र समेत दिइएको छ ।
 
खाद्य निरीक्षक तिवारीको नेतृत्वमा गएको टोलीमा जिल्ला प्रशासन कार्यालयका सुरेश थापा, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषाल र पत्रकारहरुको सहभागिता रहेको थियो ।
 
यसैबीच, चितवनमा सञ्चालित दुईवटा पानी उद्योगले उत्पादन गर्ने मिनरल वाटरमा कोलिफर्म भेटिएको छ । पूर्वी चितवनको खैरहनी ३, होलील्यान्ड रोडको ओम जल उद्योग र भरतपुरमा रहेको आइसल्यान्ड ड्रपले उत्पादन गरेको पानीमा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए । 
 
साउन २० गते ती दुई उद्योगले उत्पादन गरेको पानी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडामा पानीको शुद्धता परीक्षण गर्दा कोलिफर्म देखा परेको उनले बताए । ‘ढल मिसिएको पानी प्रयोग गरेर प्रशोधन गरे दिसामा हुने जीवाणु देखिन्छ’, उनले भने, ‘यो मानव स्वास्थ्यका लागि खतरनाक छ ।’
 
मानवजीवनसँग प्रत्यक्ष जोडिएको पानीमा कोलिफर्म भेटिएपछि खाद्य निरीक्षक तिवारीले साउन ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गराएका छन् । संशोधित खाद्य ऐनबमोजिम कोलिफर्म भेटिएका उद्योगका सञ्चालकलाई ५ वर्ष जेल, ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको उनले बताए ।