महावाणिज्यदूत थापाको चेपाङ छात्रावास बनाउने प्रतिबद्धता

चितवन । जर्मनीका लागि नेपाली महावाणिज्यदूत एवम् समाजसेवी रामप्रताप थापाले गामबेँसीको चेपाङ संरक्षण केन्द्रका लागि महिला छात्रावास निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्द्रमा कुल १३२ विद्यार्थीमध्ये ५० जना छात्रा छन् ।   सामाजिक कार्यमा लागिपर्दै आएका महावाणिज्यदूत थापाले केन्द्र परिसरमै शौचालय र बाथरूमसहितको सुविधासम्पन्न दुईतले छात्रावासको सम्पूर्ण लागत खर्च बेहोर्ने जनाएका हुन् ।…