भरतपुर । चितवनमा अवैध सुनको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले नारायणगढको पुतलीबजारबाट ठूलो परिमाणमा सुनचाँदी र नगद बरामद गरेको छ । भरतपुर १ स्थित पुतलीबजारमा बाबुरत्न खड्गीको घरका डेरा गरी बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका २७ वर्षीय राजेन्द्र शिवजी पाटिलले सञ्चालन…