मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जीप दुर्घटनामा अस्ट्रेलियन दम्पतीको मृत्यु, सातजना घाइते

जीप दुर्घटनामा अस्ट्रेलियन दम्पतीको मृत्यु, सातजना घाइते


काठमाडौँ । काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको टाटा सुमोे जीप सोमबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 
सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ । 
 
मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिए । 
 
घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ, काठमाडौँ कागेश्वरी–५ मनोहराका मनोज रोका, कीर्तिपुरका सिर्जन बस्नेत, जोरपाटीका यान्धेन लामा र बाराका अर्जुन पाण्डे रहेका छन् । 
 
ना१ज ७९६९ नम्बरको सो जीपमा चालकसहित दुई विदेशी र छ जना नेपाली नागरिक सवार थिए । जीप सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएकोे छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।