मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा छन् : केसी

देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा छन् : केसी


बुटवल । संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । 
 
प्रगतिशील पत्रकार संघ रुपन्देहीले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका हुन् । 
 
“पुरानो कर्मचारी संयन्त्रबाट नयाँ कामको अपेक्षा राख्नु नै गलत हो”, अध्यक्ष केसीले भने, “सरकारले सामान्य सुधारात्मक काममात्रै गरे पनि धेरै हुन्छ ।” 
 
उनले दुई तिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आम नेपाली नागरिकले चाहेको उल्लेख गरे । 
 
अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुुझाव दिए ।