सरकारलाई असफल पार्न चिकित्सकको आन्दोलन : पोखरेल

काठमाडौँ । सत्तारुढ दल नेकपाका चितवनका सांसद कृष्णभक्त पोखरेलले सरकारलाई असफल पार्ने नियतले चिकित्सकहरुले आन्दोलन गरेको आरोप लगाएका छन् ।    रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा सांसद पोखरेलले कानुन संशोधन गर्नको लागि एकाध महिना लाग्ने भएकोले चिकित्सकहरुले तुरुन्त आन्दोलन फिर्ता गरी बिरामीलाई सेवा दिनुपर्ने बताए ।    उनले भने, ‘आन्दोलनबाट समस्याको समाधान…