हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको पुनस्र्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन सफल भए पनि विखण्डन गर्ने समूह देखापर्नु अत्यन्तै दुःखद भएको बताएका छन् । राप्रपा केन्द्रीय समितिद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत ३ नं प्रदेशको मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताद्वारा निर्वाचित दुई तिहाइ बहुमतको सरकारले मुलुकलाई विखण्डन…