नेपाल

झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ

झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ


नेपाली समाजमा पछिल्लो पटक रक्षक नै भक्षक हुन थालेका छन् । देशभर हत्याहिंसा र बलात्कारका घटनामा बढोत्तरी भएसँगै घटनाका प्रकृति पनि डरलाग्दो देखिन थालेको छ ।
 
आफ्नै बाबु, काका, हजुरबा, शिक्षक, छिमेकी, संरक्षकबाटै बालिका असुरक्षित बन्दै गएका छन् । 
 
यसै क्रममा विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ । 
 
चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो । 
 
झड्केली छोरी बलात्कार गर्ने बाबुविरुद्ध उनकी आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी आजै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।