मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

वरिष्ठ नेता नेपाल अस्पताल भर्ना


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना भएका छन् । 
 
आइतबार एक्कासि उनको ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकोले उनलाई ज्वरो आएको बताइएको छ । 
 
नेता नेपाल गत साता बारा र पर्सामा हावाहुरी आएपछि त्यसतर्फ गएका थिए । उनलाई त्रिविका चिकित्सक डा. सन्तकुमार दासको टोलीले उपचार गरिरहेको छ । 
 
स्वकीय सचिव पौडेलले उनको ज्वरो सामान्य रहेकाले चिकित्सकको सल्लाहमा चाँडै अस्पतालबाट घरफिर्ता गरिने जानकारी गराए । 
 

शेयर गर्नुहोस:

0
Shares