काठमाडौँ । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुर्सेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ । शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवै जना सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूका शव करिब सात फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।…