त्रिविसहित चार विश्वविद्यालयमा कामु उपकुलपति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए…