मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिनियाँ सरकारको सहयोगले नेपालमा समृद्धि : प्रचण्ड

चिनियाँ सरकारको सहयोगले नेपालमा समृद्धि : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन् । 
 
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले अध्यक्ष दाहालसँगको भेटवार्तामा दुई देश र दुई पाटीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । 
 
भेटमा दुवै देशका कम्युनिष्ट पार्टीका गतिविधिबारे विचारविमर्श भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालले दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एकार्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने बताए । 
उनले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास गरे । 
 
भेटमा चिनियाँ विदेश विभाग प्रमुख सोङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औँल्याए । 
 
“देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ”, विदेश विभाग प्रमुख सोङको भनाइ थियो ।