मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँड


चितवन । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । 
 
प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिस्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए । 
 
सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिस्टलाई नै घातक हुने बताए । उनले भने, “संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिस्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।” 
 
सरकारले मिडियालाई अंकुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको उल्लेख गरे । 
 
कांग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै सुरु गरिने बताए । नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए । 
 
प्राकृतिक स्रोत भएका ठाउँबाट नभएका ठाउँमा लैजानु सामान्य भए पनि त्यसले प्रभाव पार्ने देखिएमा विचार गर्नुपर्ने उनको भनाइ थियो । 

शेयर गर्नुहोस:

0
Shares