राजविराज । जीवनकालको अधिकांश समय पशुपालनमै बिताउनुभएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए । उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति…