काठमाडौँ । महिला हिंसाविरुद्ध संसद्बाट पारित सङ्कल्प प्रस्ताव स्वीकृत भएको एक वर्ष हुँदासमेत त्यसको कार्यान्वयन हुन सकेको छैन । विसं २०७५ भदौ ८ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकबाट सांसद बिन्दा पाण्डेद्वारा प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भए पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले…