काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समृद्ध नेपालको सपना कांग्रेसबाहेक अरुले पूरा गर्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस भैरवी गाउँपालिका दैलेखले आयोजना गरेको गणेशमान सिंह स्मृति भवनको सिलान्यास कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । सरकार कांग्रेस केही पनि हैन, दुईतिहाइको दम्भमा मनलाग्दी निर्णय गर्दै जाने हो भने विगतमा कांग्रेसले…