मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला


चितवन । नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए ।
 
प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उहाँले त्यो स्वतन्त्रतामा नै रहनुपर्छ भने । अहिलेको सरकारले प्रेसलाई संकुचित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले त्यसको आफू र आफ्नो पार्टीले निन्दा गर्ने बताए । उनले भने, “नेपाली कांग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ ।”
 
देश समृद्ध बनाउनका लागि विदेशमा रहेका रु ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास कांग्रेसका पालामा भएको दाबी गरे । अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको बताए । 
 
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
युनियनले गत वर्षबाट काग तिहारका दिन सेलरोटी खाएर शुभकामना आदान–प्रदान गर्न सुरु गरेको हो । कागलाई सन्देश वाहकका रुपमा लिइँदै आइएको छ ।