भीमदत्तनगर । एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरूमा ठूलो धनजनको क्षति गरायो ।हावाहुरीका कारण सयौँ घर क्षतिग्रस्त भए भने कतिपय बस्तीहरूमा बिजुलीका पोलहरू भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भए । क्षतिको यकिन विवरण संकलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल…