काठमाडौँ । कानुन व्यवसायीहरुले राजीनामा ससर्त नहुने भएकाले संसदको पहिलो बैठकबाट नै त्यसको जानकारी दिई नयाँ सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले महराको सभामुख पदमा पुनर्बहालीको सम्भावना नरहेको भन्दै नयाँ निर्वाचनमात्रै अन्तिम विकल्प भएको उल्लेख गरेका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले…