चितवन । नेपाली काँग्रेसका नेता एवम् संसदीय दलको कार्यालयका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीका आसपासमा रहेका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । उनले यसको उदाहारण प्रधानमन्त्रीका विश्वास पात्र तथा सरकारका प्रवक्ताको सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी अडियो रेकर्डले पुष्टि गरेको बताए । उनले भने “सरकारले अनियमितता बढायो । प्रधानमन्त्री भ्रष्टाचारप्रति शून्य सहनशीलता छ भन्नुहुन्छ, भ्रष्टाचारीको…