काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको निष्कर्ष निकालेको हो । …