मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने, नातिनीले दिने भइन् मिर्गौला

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुने, नातिनीले दिने भइन् मिर्गौला


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले सो कुराको जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
 
नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने भएको हो । त्यसका लागि उनी सोमबारदेखि अस्पताल भर्ना हुनेछन् । ओलीले नियमित स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गर्दै आएका छन् ।
 
प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो ।
 
दिल्ली र थाइल्याण्डमा लामो उपचार गरी स्वास्थ्य लाभ लिइरहेका उनी नियमित फलोअपमा थाइल्याण्ड जाने गरेका थिए ।
 
पछिल्लो समय प्रत्यारोपण् गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो ।
 
शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएसँगै आफन्त नजिकका नातिनीको मिर्गौला म्याच भए पनि नातिनीबारे केही खुलाइएको छैन । ओलीलाई मिर्गौला दिन धेरै शुभेच्छुकले इच्छा देखाए पनि प्रधानमन्त्रीको निकटमा रहेकी नातिनीको मिर्गौला प्रत्यरोपण गर्ने भएका हुन् ।