मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु

एकैदिन २७३ सहित संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन २७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २४ महिला र ४२४ पुरुष रहेका छन् । शुक्रबार अत्यधिक ४४८ जनामा संक्रमण देखिएको थियो । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएकासँगै संक्रमितको संख्या ५३३५ पुगेको छ । नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । कुल संक्रमितमध्ये ३५३ महिला र ४ हजार ७०९ पुरुष रहेका छन् । 
 
शनिबार थप दुई जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेमा पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु प्रवक्ता डा गौतमले जानकारी दिए । 
 
निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ रिपोर्ट देखिएको थियो । 
 
जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब संकलन गरी सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा गौतमले बताए । 
 
यसैगरी, शनिबार ३५ जना निको भई घर फर्किएका छन् । यससँगै हालसम्म ९१३ जना बिरामी निको भइरहेका छन् । जसमा ९१ महिला र ८२२ पुरुष रहेका छन् । 
 
मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा पछिल्लोपटक ५६६१ जनामा पिसिआर परीक्षण गरिएको जनाएको छ । नेपालमा हालसम्म १ लाख २७ हजार २८८ जनाको पिसिआर विधिबाट र १ लाख ९० हजार ५८२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 
 
मन्त्रालयले कोरोनाको लक्षण देखिनेका लागि मोवाइल एपमार्फत् विवरण भर्ने व्यवस्था गरेको छ । यस्तै, मन्त्रालयको बेभसाइटमा पनि विवरण भर्न सकिने जनाएको छ । यसका आधारमा शनिबार थप दुईसहित ४९७ जनालाई कोरोनाको आशंकामा रेड जोनमा राखिएको मनत्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।