काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले लैङ्गिक हिंसा निवारणका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशका सामाजिक विकासमन्त्री, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका उपसभामुख, स्थानीय तहका उपप्रमुख तथा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकारीसँग भर्चुअलरुपमा छलफल गरी उक्त निर्देशन…