मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व : गगन थापा

सरकारलाई जिम्मेवार बनाउनु प्रतिपक्षको दायित्व : गगन थापा


कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको परिवेशमा सरकारलाई जनताप्रति जिम्मेवार बनाउने आफ्नो पार्टीको प्रयास र प्रयत्न रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले कांग्रेसले अहिले बाँकी सबै कुरा बिर्सेर सरकारलाई जनताप्रति उत्तरदायी तथा उनीहरुको दुःखप्रति जिम्मेवार बनाउने प्रयास गरिरहेको बताए ।

नेता थापाले देशभर सडकमा ओर्लिएर सरकारको विरुद्धमा प्रदर्शन गर्नु रहर नभई बाध्यता रहेको उल्लेख गरे । उनले भने, “यस परिस्थितिमा प्रतिपक्षको धर्म भनेको सरकारलाई झकझक्याउनु र जनताको दुःखप्रति जिम्मेवार बनाउनु हो ।” युवा नेता थापाले पार्टीको महाधिवेशनका विषयमा सम्भवतः पुसको २ वा ३ गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए । रासस