नेपाल

मंगलबार ९३६ जनामा कोरोना संक्रमण, ९९६ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु

मंगलबार ९३६ जनामा कोरोना संक्रमण, ९९६ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार कुल ७११७ जनाको नमुना परीक्षण गरिएकोमा ९९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप १४ सहित १७३० जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप ९९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । जुन कुल संक्रमितको ९५.३६ प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५५७ जना र आइसोलेसनमा ९ हजार ८८१ जना रहेका छन् ।

सङ्क्रमितमध्ये होम आइसोलेसनमा ६ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्षमा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।

शेयर गर्नुहोस:

0
Shares