मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार ९३६ जनामा कोरोना संक्रमण, ९९६ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु

मंगलबार ९३६ जनामा कोरोना संक्रमण, ९९६ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार कुल ७११७ जनाको नमुना परीक्षण गरिएकोमा ९९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप १४ सहित १७३० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ९९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । जुन कुल संक्रमितको ९५.३६ प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५५७ जना र आइसोलेसनमा ९ हजार ८८१ जना रहेका छन् ।

सङ्क्रमितमध्ये होम आइसोलेसनमा ६ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्षमा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।