मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार नाघ्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।         

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।    

काठमाडौँ उपत्यकामा ३९१ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा ३९१ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २२८ पुरुष र १६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार ९४२ पुगेको छ । 

आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ सङ्क्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ । 

यस्तै, ललितपुरमा हालसम्म १४ हजार ५९८ सङ्क्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट सङ्क्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् । कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ । 

कोरोनाबाट थप १३ को मृत्यु  

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ । मङ्गलबार कोरोना सङ्क्रमणबाट १४ जनाको ज्यान गएको थियो । आज मृत्यु हुनेमा तीन जना काठमाडौँ उपत्यकाका छन् । रासस