मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल विजयी

नेपाल जेसिसको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल विजयी


रुपन्देही । नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरुणेश्वर खनाल विजयी भएका छन् ।

रुपन्देहीमा भएको नेपाल जेसिजको ४७ औँ राष्ट्रिय महाधिवेसनबाट खनाल अध्यक्षमा विजयी भएका हुन् । खनालले लालमणि भण्डारीलाई पछि पार्दै वर्ष २०२१ को नेतृत्वमा आएका हुन् ।

Advertisement

खनालले एक हजार ९० मत प्राप्त गर्दा भण्डारीले ५१२ मत प्राप्त गरेका हुन् । खनालले नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् । उनी बिसहजार जेसिज चितवनको पूर्वअध्यक्ष हुन् । 

नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षहरुमा सुमनकृष्ण श्रेष्ठ, अरूणकुमार दाहाल, भोजराज चापागाईं र शिवप्रसाद भुसाल विजयी भएका छन् ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि रजनी थापा, कल्पना पाण्डे, सुनिल तिमिल्सिना, विमल ज्ञवाली, विमला सुवेदी कार्की, प्रमिसा काफ्ले, सुजन बरूवाल, राजन गौतम, पायल शर्मा, दिपेन्द्र निरौला, अनोज जोशी, गौतम शाह चुनिएका छन् ।

महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भेला भएका थिए । बुधबारदेखि रूपन्देहीमा भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी परेको थियो ।

 

शेयर गर्नुहोस:

189
Shares