मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा शनिबार ७१० सङ्क्रमित थपिए, ११७५ निको भए

नेपालमा शनिबार ७१० सङ्क्रमित थपिए, ११७५ निको भए


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शबिार थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर परीक्षण गरिएको थियो । 

थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमतिको सङ्ख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४।५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८४० सक्रिय सङ्क्रमित छन् । 

१,१७५ निको भए

आज एकै दिन एक हजार १७५ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म निको हुने सङ्ख्या दुई लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । 

सङ्क्रमितमध्ये २८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वागमती प्रदेशमा १०६,  गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत रहेका छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८३४ जना र क्यारेन्टिनमा ४२१ जना रहेका छन् । 

उपत्यकामा २८७ थपिए

यस्तै आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष छन् । सङ्क्रमति शून्य भएको जिल्ला मनाङ र ५०० भन्दामाथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् । 

१२ जनाको निधन

यसैगरी सङ्क्रमणबाट विगत २४ घण्टामा १२ जनाको निधन भएको छ । आज निधन भएकासहित सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७७७ पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०.७ प्रतिशत निधन भएका छन् । रासस