काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रर्वद्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलामा उनले विधि, पद्धति, कानुन र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताए ।…