काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका सन्दर्भमा अदालतको फैसला आफूहरुलाई मान्य हुने बताएका छन् । संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा सोमबार भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा सभापति देउवाले अदालतको फैसला नआउञ्जेल कांग्रेस एक्लैले प्रदर्शन गर्ने बताए । कांग्रेस अरु पार्टीसँग लागेर संयुक्तरुपमा आन्दोलनमा नजाने उनको भनाइ थियो…