पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेमात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा बिहीबार आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरेमात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए । …