प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको बताएका छन् ।    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला सुरु भएको बताए ।    “मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ”,…