मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

केपी ओली नेकपाबाटै बर्खास्त, विष्णु पौडेलको महासचिव पद पनि चट्

केपी ओली नेकपाबाटै बर्खास्त, विष्णु पौडेलको महासचिव पद पनि चट्


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गरेको छ । यसैगरी महासचिव विष्णु पौडेललाई पनि सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौंथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । 
 
बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो । 
 
यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । 
 
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
 
नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।  
 
यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । अहिले केपी ओलीको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । प्रधानमन्त्री ओलीले हठात् रुपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएसँगै नेकपा औपचारिकरुपमै विभाजित भएको छ । 

शेयर गर्नुहोस:

1.1k
Shares