मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आमहड्ताल आह्वान

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आमहड्ताल आह्वान


काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले कामचलाउ सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधस्वरुप बिहीबार आमहड्ताल आह्वान् गरेको छ ।   
  
प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा र विद्यार्थीहरुको परीक्षा सञ्चालनमा कुनै अवरोध नगर्ने जनाइएको छ ।  
  
प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइएको छ ।   
  
नेकपाद्वारा जारी प्रेस वक्तव्यमा यसअघि घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ भने माघ २२ गते काठमाडौँमा गर्ने भनिएको युवा र्‍याली माघ २८ पछि गरिने भएको छ ।